करिब ४ सय करोडमा निर्माण हुन लागेको मेगा प्रोजेक्ट ‘आदिपुरुष’ को सुटिङ मंगलबारदेखि मुम्बईमा सुरु भएको छ।
दक्षिण भारतका सुपरस्टार प्रभास र सेफ अली खानको अभिनय रहने यो फिल्मको विषयमा प्रभासले सोसल मिडियामार्फत जानकारी दिएका हुन्।
थ्रिडी भर्सनमा बन्ने यो फिल्म २०२२ मा रिलिज हुनेछ। यो फिल्मको विषयमा लामो समयदेखि चर्चा चलेको थियो। तर, यसको तयारी केही दिनदेखि मात्र सुरु भएको हो। ओम राउतको निर्देशनमा बन्न लागेको फिल्म रामायणमा आधारित छ।
यो फिल्ममा प्रभासले भगवान राम र सेफले रावणको भूमिका निर्वाह गरेका छन्।
फिल्मको मोसन क्याप्चरको काम १५ दिनअघि नै सुरु भइसकेको थियो। फिल्म पाँच वटा भाषा, हिन्दी, तेलुगु, तमिल, मलयालम र कन्नडमा रिलिज हुनेछ।