हातेमालो सहकारीले थाल्यो पूँजी फिर्ताकोषको रकम वितरण 

बाराको सिमरास्थित हातेमालो बचत तथा ऋण सहकारी संस्था लि.ले आफनो सदस्यहरुलाई नाफाबाट छुट्याइएको संरक्षित पूँजी फिर्ताकोषको रकम वितरणको सुरु गरेको छ। सहकारी ऐनअनुसार कारोवारको आधारमा आ.ब. २०७६÷७७ को नाफाबाट रकम फिर्ता थालेको हो। 

उक्त संस्थाका तीन हजार पाँच सय शेयर सदस्यहरु छन्। वार्षिक ५३ करोड रुपैयाँ बराबरको कारोबार गरिरहेको उक्त संस्थाले आर्थिक वर्ष २०७६÷०७७ मा २ करोड ३१ लाख ४४ हजार (करअघि) रुपैयाँ नाफा गरेको छ। सो नाफाबाट  आफना सदस्यहरुलाई सहकारी ऐनले तोकेको अधिकतम १८ प्रतिशत शेयर लाभांश यसअघि नै वितरण गरिसकेको छ। 

गत बर्षको नाफाबाट संरक्षित पूँजी फिर्ता कोषमा छुट्याइएको रु. ३९ लाख ५ हजारलाई कारोवारको आधारमा असल ऋणीहरुलाई उनीहरुले तिरेको ब्याजको ४.१८ प्रतिशत तथा वचतकर्ताहरुलाई बचतमा प्राप्त गरेको ब्याजको ४.८२ प्रतिशतले हुने रकम सोही कोषबाट  वितरण गर्ने कार्यको मंगलबार सुरुवात गरिएको हो। 

उक्त कोषबाट कारोवारको आधारमा रकम प्राप्त गरिरहदा शेयर पूजीलाइ आधार मानी हिसाव गर्दा सदस्यले आफनो शेयर रकमको ४६४ प्रतिशत सम्म लाभांश प्राप्त गरेका छन्। यसरी शेयर लाभांश र पूजी फिर्ताकोषबाट प्राप्त रकम दुवैलाई जोडदा एकै जनाले आफनो शेयर रकमको ४८२ प्रतिशतसम्म लाभान्स प्राप्त गर्नुभएको हो। 

सो कार्यक्रमको शुभारम्भ संस्थाका अध्यक्ष यज्ञबहादुर आले र सहकारी बैंक सिमराका प्रमुखले रकम वितरण गरी सुरुवात गरेका थिए। कार्यक्रमको सहजीकरण व्यवस्थापक महेश ढुङ्गेलले गरेका थिए।

प्रकाशित मिति: : 2021-02-02 16:06:00

प्रतिकृया दिनुहोस्