सती प्रथा यसकारण प्रेम र बिछोडको कुरा थिएन

नेपाल लाइभ

काठमाडाै‌ं

पति र पत्नीबीचको प्रेमलाई कसरी बुझ्ने? पतिप्रतिको प्रेम र समर्पणका कारण महिलाहरू पतिको शवसँगै जिउँदै जल्ने गर्थे भन्ने धारणा समाजमा अझैसम्म कायम छ। चन्द्र शमशेरले वि. सं. १९७७ असार २५ मा नेपालभर 'सती प्रथा'माथि प्रतिबन्ध लगाउनुअघि नेपालमा यस्तो मान्यतालाई बल पुर्‍याउने गरी अनेकन घटना भएका थिए। 

हिन्दू धर्मशास्त्रमा गरिएका वर्णन र विगतको समयका कतिपय अभिलेख्य प्रमाणले पनि पतिको निधनपश्चात् उसको सान्निध्यबाट वञ्चित हुनुपरेको विषादमा पत्नीले पतिको चितामा आत्मदाह गर्ने क्रम सुरु भएको र यही चलन समयक्रममा सती प्रथाका नाममा संस्थागत भएको हो भन्ने कुरालाई जोड दिएका छन्। 

यसको संकेत कालिदासकृत कुमारसम्भवमा पनि पाइन्छ। कुमारसम्भवको चतुर्थ सर्गमा सतीगमनबारे छोटो चर्चा छ। 

त्यहाँ शिवको क्रोधाग्निमा परेर कामदेव भष्म भएपछि कामदेवपत्नी रतिले ‘तपाईंले भर्खरै परलोकगमन गर्नुभयो, म पनि तपाईंसँगै आउँदैछु किनकि मेरा समस्त सुख तपाईंमै निहित थियो’ भनी बिलौना गरेकी छन्। 

कामदेवको पुकार गर्दै उनले थप भनेकी छन्, ‘हे प्रिय! म तत्कालै तपाईंको पछिपछि आउँदैछु, तर पनि कामको अनुपस्थितिमा केही क्षणका लागि भएपनि रती जीवित त रही नि भन्ने लोकापवाद आखिरमा अमर हुने भयो।’ 

प्रकाशित मिति: : 2021-02-03 09:04:00

प्रतिकृया दिनुहोस्