रहेनन् हलिउड नायक डस्टिन

बिएल संवाददाता

न्यूयाेर्क
तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

हलिउड नायक डस्टिन डायमन्डको फोक्सोको क्यान्सरका कारण सोमबार फ्लोरिडास्थित आफ्नै निवासमा निधन भएको छ। उनले केही फिल्ममा निर्देशन र संगीत पनि दिएका थिए। 

सन् १९८७ देखि हालसम्म सिनेमाको बिबिध क्षेत्रमा कार्यरत डायमन्डलाई उनको ‘स्मायुल’ नामको चरित्रका लागि पनि स्मरण गरिन्छ। सन् २००६ मा उनको यौन भिडियोबाहिर आएपनि उनी लगातार काममा दत्तचित्त भएर लागेका थिए।  

७ जनवरी १९७७ मा क्यालिफोर्नियाको सान जोसेमा जन्मेका डायमन्डले अभिनय गरेका केहि हिट सिनेमाहरुमा वेडिङ्ग इन लस भेगास, बिग फ्याट लायर, लङ सट, फोर फुट इलेभन, योगिज ग्रेट इस्केप छन्।

प्रकाशित मिति: : 2021-02-03 10:22:00

प्रतिकृया दिनुहोस्