मानव अधिकारको संरक्षणमा लागिरहन्छु: नवनियुक्त अध्यक्ष मगर

राष्ट्रिय मानव अधिकार आयोगका नवनियुक्त अध्यक्ष तपबहादुर मगर तथा सदस्य डा सूर्य ढुङ्गेल, मिहिर ठाकुर, मनोज दुवाडी र लिली थापाले बुधबार आयोगमा पदभार ग्रहण गरेका छन्। 

आयोगमा आयोजित पदभार ग्रहण कार्यक्रममा आयोगका अध्यक्ष मगरले मानव अधिकारको प्रभावकारी संरक्षण, सम्बद्र्धन तथा कार्यान्वयनको सुनिश्चितामा सक्रियतापूर्वक लागिरहने प्रतिबद्धता व्यक्त गरे। 

पदभारअघि, आयोगका अध्यक्ष मगरले राष्ट्रपति विद्यादेवी भण्डारीको समुपस्थितिमा प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरासमक्ष पद तथा गोपनीयताको शपथ ग्रहण गरेका थिए। सोही समारोहमा आयोगका नवनियुक्त सदस्यलाई आयोगका अध्यक्ष मगरले शपथ ग्रहण गराएका थिए।

संवैधानिक परिषद्ले नेपालको संविधानको धारा २४८ को उपधारा (२) बमोजिम आयोगको अध्यक्ष तथा सदस्यमा उहाँहरुको नियुक्तिका लागि सिफारिस गरेको थियो। रासस

प्रकाशित मिति: : 2021-02-03 19:49:00

प्रतिकृया दिनुहोस्