सरकारले रोजगारीको सिर्जना गर्नुपर्छ : नेता पौडेल

बाह्रखरी

नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले युवा शक्ति रोक्न गाउँमै रोजगारीको सिर्जना गर्नेतर्फ सरकार गम्भीर हुनुपर्ने बताएका छन्।

 तनहुँको ऋषिङ गाउँपालिका–४ स्थित ढाक्रे खोलामा निर्माण भएको पुलको आज उद्घाटन गर्दै नेता पौडेलले गाउँमा रोजगारीको व्यवस्था नहुँदा युवा शक्ति पलायन हुनुपरेको उल्लेख गर्दै रोजगारीतर्फ सरकारले ध्यान दिनुपर्ने बताएका हुन्।  

'उद्यमशीलता विकासका लागि राज्यको सेवा र टेवासहित घरघरमा रोजगारीको व्यवस्था हुनुपर्छ' उनले भने। 

जनताको आवश्यकता गाउँ गाउँमा विकासको काम गर्नु भएको उनको भनाइ थियो। गाउँमा बाटो, बिजुली, शिक्षा, स्वास्थ्य पु¥याउनुपर्ने बताउदैं उनले भने,'गाउँमा बस्दिन मन भएकालाई गाउँमै फर्काउनु जरुरी छ।' 

उक्त कार्यक्रममार्फत अहिलेको अवस्थालाई नियाल्दै संसद् पुनस्र्थापनाको एकमात्र आशा अदालतमा रहेको उनले बताए। 'अदालतले संविधानबमोजिम नै फैसला सुनाउनुपर्छ' नेता पौडेलले भने। 

प्रकाशित मिति: : 2021-02-03 21:00:00

प्रतिकृया दिनुहोस्