हराएकी वृद्ध महिलाको शव फेला

Samacharpatra

तानसेन नगरपालिका–८ निवासी ७७ वर्षीया हिराकुमारी चिदीको शव आज फेला परेको छ। गत पुस महिनादेखि हराएकी वृद्ध महिलाको शव  जंगलमा भेटिएको हो। 

माथागढी गाउँपालिका २ रुप्से स्थित सिप्लिकान सामुदायिक वनमा वृद्ध महिलाको शव भेटिएको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी लक्ष्मण पचभैयाँले जानकारी दिए। 'हिराकुमारी गत पुस ४ गतेदेखि हराएकी थिइन्' उनले भनिन्। 

प्रकाशित मिति: : 2021-02-05 21:47:00

प्रतिकृया दिनुहोस्