असंवैधानिक नियुक्तिलाई सभामुखको चुनौती

Photo - Nayapatrika
Photo - Nayapatrika

संवैधानिक निकायहरूमा गरिएको असंवैधानिक नियुक्तिविरुद्ध सभामुख अग्निप्रसाद सापकोटा अदालत गएका छन् । उनी संवैधानिक परिषद्का सदस्य पनि हुन् । उता नागरिक समाज पनि नियुक्तिविरुद्ध सडकमा उत्रिएको छ । 

सभामुख सापकोटाले शुक्रबार सर्वाेच्च अदालत पुगेर नियुक्ति बदरको माग गर्दै रिट दायर गरेका हुन् । उनले प्रधानमन्त्री केपी ओली, प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा, राष्ट्रिय सभा अध्यक्ष गणेशप्रसाद तिमल्सिना, नियुक्त भएका पदाधिकारीहरू र संवैधानिक परिषद्का सचिवसमेत रहेका मुख्यसचिव शंकरदास बैरागीलाई विपक्षी बनाएका छन् । संवैधानिक परिषद्को नियुक्तिविरुद्ध सभामुख नै अदालत पुगेको यो पहिलो घटना हो ।

सरकारले नियुक्ति गर्न ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेश नै गैरसंवैधानिक भएको सभामुख सापकोटाको जिकिर छ । एकपटक जारी भएर खारेज गरिएको अध्यादेशलाई पुनः ल्याएर सरकारले अधिकारको दुरुपयोग मात्रै नगरेर संविधानमाथि जालसाजीसमेत गरेको उनको तर्क छ ।

प्रकाशित मिति: : 2021-02-06 07:00:00

प्रतिकृया दिनुहोस्