घनश्याम भुसालको चेतावनी : संसद पुनर्स्थापना नभए सर्वनाश हुन्छ

सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) प्रचण्ड-नेपाल समूहका स्थायी कमिटी सदस्य घनश्याम भुसालले संसद पुनर्स्थापना नभए  आगामी फागुन १५ गतेपछि देशमा डरलाग्दो राजनीतिक स्थिति आउने बताएका छन्।

शनिबार झापाको विर्तामोडमा आफ्नो पार्टीको कार्यकर्ता प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै उनले अबको २० दिनपछि प्रतिनिधि सभा पुनर्स्थापना नभए देशमा बर्बादीको परिस्थिति श्रृजना हुने उनले चेतावनी दिएका हुन् ।

देशमा प्रतिनिधिसभा पुनर्स्थापना नभए उनले सर्वनाश हुने चेतावनीसमेत दिएका छन्। झापाको एक कार्यक्रमलाई सम्बोधन गर्दै नेता भुषालले भने, ‘अब अरू कुनै उपाय छैन कि संसदको पुनर्स्थापना कि सर्वनाश।’

नेता भुषालले प्रतिनिधिसभा पुनर्स्थापना हुनेमा आफुहरु विश्वस्त रहेको बताएका छन्। ‘यो मुद्दा जितिएन भने सर्वनाश हुन्छ। त्यसैले संसद पुनर्स्थापनाको मुद्दा जित्नै पर्छ। सर्वनाश हुन दिनु हुँदैन।’ उनले भने।

प्रकाशित मिति: : 2021-02-06 16:44:00

प्रतिकृया दिनुहोस्