थप ९९ जना कोरोना संक्रमण, मृत्यु हुनेको संख्या शुन्य

बिएल संवाददाता

काठमाडाै‌ं

स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पछिल्लो २४ घन्टामा थप ९९ जनामा कोरोना संक्रमिण पुष्टि भएको छ।

शनिबार संक्रमित हुनेमा महिला ४२ र पुरुष ५७ जना रहेका छन् । आज थपिएका ९९ जनासँगै नेपालमा कोरोना संक्रमितको कूल संख्या २ लाख ७१ हजार ८०६ पुगेको छ।

त्यस्तै आज देशैभरी २४८ जना कोरोना संक्रमणबाट मुक्त भएका छन्। आज निको भएका २४८ जनासँगै नेपालमा कोरोना संक्रमणबाट मुक्त हुनेको कुलसंख्या २ लाख ६७ हजार ८१२ पुगेको छ। निको हुनेको यो दर ९८.५ प्रतिशत हो।

पछिल्लो २४ घण्टामा मृत्यु हुनेको संख्या शून्य रहेको छ । हालसम्म हालसम्म संक्रमणबाट ज्यान गुमाउनेको संख्या २०३५ रहेको स्वास्थ्य मन्त्रालयले जनाएको छ।

प्रकाशित मिति: : 2021-02-06 17:00:00

प्रतिकृया दिनुहोस्