दमकमा पाँच दिने धिमाल फुड फेष्टिबल हुने

धिमाल जातीय विकास केन्द्रको आयोजनामा झापाको दमकमा यहि माघ २७ गते देखि फाल्गुन १ गते सम्म पाँच दिने चिचिरी गन्द्रो दिवस (धिमाल फुड फेष्टिबल) को आयोजना गरिने भएको छ।  आयोजक धिमाल जाति विकास केन्द्रले पत्रकार मञ्च दमकको सभाहलमा पत्रकार सम्मेलन गरि फेष्टिबल बारे जानकारी गराएको छ। 

‘संस्कति मौलिकता र स्वास्थ्य खाना’ भन्ने नाराका साथ धिमाल जातिको मौलिक खानाको प्रचारप्रसार, व्यवसायीकता, आन्तरीक र बाह्य प्रवद्र्धन गर्न फेष्टिबलको आयोजना गर्न लागिएको कार्यक्रम  संयोजक शान्ति धिमालले जानकारी दिईन्। उनका अनुसार  फेष्टिबलमा धिमाल जातीको गरगहना, पोशाक, पुस्तक बिक्री बितरण, धिमाल लगायत अन्य जातीको परिकारहरुको २० वटा स्टल रहनेछ।

त्यस्तै स्थानिय भेषभुषा झल्कने बिभिन्न सांस्कृतीक कार्यक्रम लगायत दैनिक स्थानिय तथा ख्याति प्राप्त कलाकारहरुले मनोरञ्जन दिलाउने छन्।

फेस्टिबलमा  हाँस्य कलाकारहरु मनोज गजुरेल, राजा राजेन्द्र, गायिका मिलन अमात्य,  मेचु धिमाल, अस्मिता अधिकारी, रचना रिमाल, संजिव धिमाल, किरण बिमली, डिकबहादुर धिमाल, नविन खड्का, सुरेश धिमाल, अजय धिमाल र बिक्रम धिमालको प्रस्तुती रहने सम्मेलनमा जानकारी गराइयो।
फेष्टिबल १२ लाखको लागतमा सम्पन्न हुने बताउदैं आयोजकले  दश हजार भन्दा बढीले अवलोकन गर्ने आयोजकको लक्ष्य राखेकोे छ।

दमक नगरपालिकाको मुख्य प्रायोजन रहेको फेस्टिवलमा झापा र मोरङका स्थानीय तहहरुको सहयोग रहनसचिवालय सदस्य अजितकुमार धिमालले जानकारी गराएका छन्।

प्रकाशित मिति: : 2021-02-06 18:28:00

प्रतिकृया दिनुहोस्