म्यान्मारको सानो नेपाल 'मोगोक'मा सैन्य 'कू'विरुद्व जनप्रदर्शन [ फोटो फिचर ]

सबै तस्विर / मोहन ज्ञवाली मोगोक (म्यान्मार)
सबै तस्विर / मोहन ज्ञवाली मोगोक (म्यान्मार)

मोहन ज्ञवाली 

म्यान्मारको सैन्य ‘कू’ विरुद्व हजारौं मानिस शनिवारदेखि सडक प्रदर्शनमा उत्रिएका छन्। प्रजातन्त्रवादी नेत्री आङ सान सु कीसहित नेशनल लिग फर डेमाेक्रेसी (एनएलडी) का नेताहरुलाई अविलम्ब रिहाईको माग गर्दै नेपाली भाषीहरुको बाक्लाे उपस्थिति रहेको मोगाेकमा प्रदर्शन भएको छ। 

प्रदर्शनकारीले लाेकतन्त्र बहाल गर्न र सैन्य नेतृत्वलाई लाेकतान्त्रीक प्रकियाअनुसार भएको चुनावको नतिजालाई स्वीकार गर्न प्रदर्शन गरिएको थियो। म्यान्माली सेनाले गत नाेभेम्बरमा भएको निर्वाचनमा धाँधली भएको भन्दै सोमबार शासनसत्ता हातमा लिएको थियो। सेनाले नयाँ चुनाव गराउन एक वर्षका लागि संकटकाल लागु गरेको बताउँदै आइरहेको छ। 

सेनाकाे पछिल्लो कदमलाई लिएर मान्माली जनता आन्दोलित छन्। आर्थिक राजधानी रंगून, मुख्य सहर माण्डलेसँगै म्यान्मारको सानो नेपाल भनेर चिनिने 'मोगोक'मा समेत सैन्य 'कू'विरुद्व जनप्रदर्शन भएको हो। माेगाेकमा लगभग १८ हजार नेपाली भाषी बसाेबास गर्छन्। सैन्य ’कू’ विरुद्ध नेपाली भाषीहरु पनि आन्दाेलनमा उत्रिँदा थप उर्जा मिलेको स्थानीय निर्मल खरालले बिएल नेपाली सेवासँग भने। 



म्यान्मार सैन्य ‘कू’: सबै नेपालीभाषीलाई विरोध गर्न आग्रह

सैन्य ‘कू’ बारे म्यान्मारबाट ‘बिएल भिडियो ब्रिफिङ’

कालो बादलले घेरेको माघ–१९ को त्यो बिहानी

म्यान्मारको सैन्य 'कू'विरुद्व हजारौं मानिस सडकमा

प्रकाशित मिति: : 2021-02-07 17:20:00

प्रतिकृया दिनुहोस्