दक्षिण भारतका सुपर स्टार अल्लु अर्जुनको भेनेटी भ्यान ‘फेल्कोन’ दुर्घटनामा परेको छ। दुर्घटना शनिबार खम्मम भन्ने ठाउँमा भएको भारतीय मिडियाले बताएका छन्।
रिपोर्टका अनुसार गाडी दुर्घटना पर्दा अल्लु भ्यानमा उपस्थित थिएनन्। उनको मेकअप टिमका केही सदस्य, जो भ्यानमा थिए, उनीहरूलाई चोट लागेको थियो। भ्यान क्षतिग्रस्त भएपनि मानवीय क्षति हुन पाएको छैन।
अल्लुको मेकअप टिम आन्ध्र प्रदेशको पूर्वी गोदावरी जिल्लामा रहेको मरेदुमिल्लीबाट हैदराबाद फर्किदै थियो। बाटोमा पछाडिबाट अर्को गाडीले ठक्कर दिएको प्रहरीले बताएको छ। दुर्घटना भएको खम्मको ग्रामीण पुलिस स्टेशनमा उजुरी दर्ता भएको छ।
अल्लु ‘पुष्पा’ फिल्मको सुटिङ सकेर राजमुन्दरीबाट फ्लाइट समातेर फर्किएका थिए। अल्लुको भेनेटी भ्यान ‘फेल्कोन’ महंगो सम्पत्ति मानिन्छ। २०१९ मा उनले यसको फोटो सार्वजनिक गरेका थिए। यसको मूल्य नै ७ करोड रहेको छ।