केपी ओलीलाई मार्क्सवादमा होइन पशुपतिनाथमा मात्र विश्वास छ: झलनाथ खनाल (भिडियो)

बिएल संवाददाता

काठमाडाै‌ं

नेकपा (प्रचण्ड) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्क्सवाद र विज्ञानमाथि होइन, पशुपतिनाथमा मात्र विश्वास भएको बताएका छन्। 

राजधानीमा आयोजित विरोध सभालाई सम्बोधन गर्दै खनालले भने, ‘राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके। अब पशुपतिनाथ गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके। अब मार्क्सवाद र विज्ञानमा विश्वास छैन।’

उनले अहिले आफूहरुले गरिरहेको आन्दोलन प्रतिक्रान्तिविरुद्धको आन्दोलन भएको पनि बताए। ‘यो प्रतिक्रान्तिविरुद्धको सम्पूर्ण नेपाली जनताको आन्दोलन हो। यो अर्को क्रान्ति हो’, उनले भने, ‘प्रतिक्रान्ति भएको छ देशमा। पुस ५ को घटना प्रतिक्रान्ति हो। यो क्रान्ति केपी ओली गुटको तानाशाहीविरुद्धको आन्दोलन हो।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले जुलुश कस्तो हुन्छ भन्ने हेर्न पनि आग्रह गरे।

प्रकाशित मिति: : 2021-02-10 16:01:00

प्रतिकृया दिनुहोस्