नेकपा (प्रचण्ड) समूहको विरोधसभा, सबै वक्ताको निशानामा ओली (भिडियो)

प्रधानमन्त्रीले जे भन्छन्, त्यसै गर्न निर्वाचन आयोगले सजिलो नमानोस् : प्रचण्ड

नेकपा (प्रचण्ड) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले प्रधानमन्त्री केपी शर्मा ओलीले भनेअनुसार नगर्न निर्वाचन आयोगलाई सचेत गराएका छन्। उनले प्रधानमन्त्री ओलीले बुधबार आयोगमा गएर धम्क्याएको भन्दै खुट्टा नकमाउन आग्रह गरेका हुन्।

प्रतिनिधिसभा विघटनको विरोधमा बुधबार काठमाडौंमा आयोजित विरोधसभालाई सम्बोधन गर्दै प्रचण्डले भने, ‘पार्टी केन्द्रीय कमिटीको ७० प्रतिशत हामीसँग छ। ३० दिने हदम्याद कट्यो भन्नु काइते तर्क हो। संवैधानिक निकायले गलत गरे देशले दुःख पाउँछ, खेलाँची नठाने हुन्छ। कसैले सजिलो नठाने हुन्छ, नेपाली जनतालाई हेप्ने कोशिस कसैले नगरे हुन्छ।’



अमेरिकामा नेपालीको तीन भ्रम

स्वाभिमानी प्रशासकको अख्तियार यात्रा 

गोर्खाको लाश गाड्ने माटोको खोजीमा 'मने' उपन्यास



केपी ओलीले मदन भण्डारी बिर्सिएर पशुपतिको नाम जप्न थालेका छन्: नेपाल

नेकपा (प्रचण्ड) अध्यक्ष माधवकुमार नेपालले प्रधानमन्त्री केपी शर्मा ओलीले मदन भण्डारीको नाम बिर्सिएर पशुपतिको नाम जप्न थालेको बताएका छन्।

नेता नेपालले भने, ‘ओलीले अहिले पशुपतिको नाम जप्न थालेछन् तर पशुपतिले नराम्रो गर्नेको पाप पखाल्न सक्दैन। लोकतन्त्रको हत्या गरेका छन्। बलात्कारीको संरक्षण गरेका छन्। उनी हत्यारा हुन, हत्याराको पशुपतिनाथले पाप पखाल्न सक्दैन्न।’



जुम्लामा लोकप्रिय हुँदै 'वन मुर्गी'को मासु

सिरहाका डोम सोध्छन्– कहाँ छन् प्रचण्ड ?

कार्यालय छ, कर्मचारी छन् तर काम छैन



केपी ओलीलाई मार्क्सवादमा होइन, पशुपतिनाथमा मात्र विश्वास छ: झलनाथ

नेकपा (प्रचण्ड) का वरिष्ठ नेता एवम् पूर्व प्रधानमन्त्री झलनाथ खनालले प्रधानमन्त्री केपी शर्मा ओलीलाई मार्क्सवाद र विज्ञानमाथि होइन, पशुपतिनाथमा मात्र विश्वास भएको बताएका छन्। 

खनालले भने, ‘राजनीतिक र सैद्धान्तिक रुपले पराजित भइसके। अब पशुपतिनाथ गएर संकल्प पूजा गर्ने अवस्थामा पुगिसके। अब मार्क्सवाद र विज्ञानमा विश्वास छैन।’

उनले अहिले आफूहरुले गरिरहेको आन्दोलन प्रतिक्रान्तिविरुद्धको आन्दोलन भएको पनि बताए। ‘यो प्रतिक्रान्तिविरुद्धको सम्पूर्ण नेपाली जनताको आन्दोलन हो। यो अर्को क्रान्ति हो’, उनले भने, ‘प्रतिक्रान्ति भएको छ देशमा। पुस ५ को घटना प्रतिक्रान्ति हो। यो क्रान्ति केपी ओली गुटको तानाशाहीविरुद्धको आन्दोलन हो।’ 

प्रधानमन्त्री केपी शर्मा ओलीलाई सम्बोधन गरेर उनले जुलुश कस्तो हुन्छ भन्ने हेर्न पनि आग्रह गरे।



माफ गर्नुहोला पिताजी, छिट्टै देश फर्कन सकिएला जस्तो छैन

सूर्य चिन्हको लडाइँभित्र नदेखिएको कथा

नेता कुर्सीको लडाईमा, जनता समृद्धिको पखाईमा



नारायणकाजीले मञ्चबाटै थर्काए ऋषि धमलालाई 

नेकपा प्रचण्ड समूहका नेता नारायणकाजी श्रेष्ठले पत्रकार ऋषि धमलालाई मञ्चबाटै थर्काएका छन्।

भृकुटीमण्डपमा आयोजना गरेको प्रतिगमनविरुद्धको सभालाई सम्बोधन गर्नेक्रममा श्रेष्ठले धमलालाई भने, ‘ऋषि धमला जी तपाइँ चुप लागेर बस्नुस्।’

पत्रकार धमलाले नेता श्रेष्ठले सम्बोधन गरिरहेकै बेला कार्यकर्ताको प्रतिकृया लिन थालेपछि श्रेष्ठले चुप लागेर बस्न आग्रह गरेका हुन्।



प्रधानमन्त्रीको प्यादा बनेकी खलपात्रविरुद्ध बोल्न पाइन्छ : झाँक्री

नेकपा युवा नेत्री रामकुमारी झाँक्रीले प्रधानमन्त्रीको सहयोगी जसरी राष्ट्रपति विद्यादेवी भण्डारीले खलपात्र विरुद्धव्यवहार गरेकाले त्यसविरुद्ध आफूले बोलेको बताएकी छिन्।

उनले सार्वभौम नेपाली जनताले बोल्न पाउने पनि दाबी गरिन्। नेकपा (प्रचण्ड) समूहले राजधानीमा जारी गरेको विरोध सभालाई सम्बोधन गर्दै उनले भनिन्, ‘हामीलाई बोल्न पाइँदैन भन्ने केही चार्ज छ। राष्ट्रपति शिरमाथिको संस्था हो। त्यो संस्थाविरुद्ध बोल्ने दुष्साहस गरेको छैन तर त्यो संस्थामा कुनै व्यक्तिले निरंकुशताको साक्षी बस्छ, त्यस्को एउटा प्यादा बन्छ भने प्रधानमन्त्रीको एउटा असिस्टेन्ट जस्तो  खलपात्रविरुद्ध बोल्दा कसले भन्छ, बोल्न पाइँदैन?’

राष्ट्रपति विद्या भण्डारीविरुद्ध बोल्दा महिला अस्मिता नमिचिने पनि उनले दाबी गरिन्। ‘कसले भन्छ महिला अस्मिता मिचियो? सन्की प्रधानमन्त्रीको प्यादा बन्ने विरुद्ध बोल्न पाइन्छ । कुनै पनि पदमा लिङ्ग हुँदैन, त्यो सार्वजनिक पद हो।’

प्रकाशित मिति: : 2021-02-10 18:13:00

प्रतिकृया दिनुहोस्