सक्रिय पत्रकारिता पुरस्कार राधा खनाललाई

धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कार  यो  वर्ष अन्नपूर्ण पोष्ट राष्ट्रिय दैनिककी पत्रकार राधा खनाललाई प्रदान गरिने भएको छ।

जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवाकोषद्वारा प्रत्येक वर्ष प्रदान गरिंदै आएको पुरस्कारको राशि २१ हजार रहेको छ। 

कोषका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षतामा सम्पन्न संस्थाको कार्यसमितिको बैठकले पुरस्कार प्रदानका लागि छनौट समितिले गरेको सिफारिसलाई सर्वसम्मत अनुमोदन गरेको सचिव राजेन्द्र प्रसाईले जानकारी दिए।

संस्थाले प्रत्येक वर्ष वितरण गर्दै आएको वर्षोत्कृष्ट कृति पुरस्कारका लागि झापाली स्रष्टा कुमार भट्टराईद्वारा लिखित ‘अस्वत्थामा’ र दीर्घ साहित्य सेवासम्मान दमकका मोहन भण्डारीलाई प्रदान गर्ने निर्णय गरिसकेको छ।

पुरस्कार आगामी फागुन ८ गते संस्थाको विर्तामोडस्थित आफ्नै सभाहलमा एक कार्यक्रमको आयोजना गरी वितरण गरिने भएको अध्यक्ष प्रसाईले जानकारी दिए।

प्रकाशित मिति: : 2021-02-10 18:47:00

प्रतिकृया दिनुहोस्