अमेरिकी चर्चित गायक ब्रुस स्प्रिङस्टिन पक्राउ

बिएल संवाददाता

न्यूयाेर्क
तस्वीर: एजेन्सी
तस्वीर: एजेन्सी

अमेरिका चर्चित गायक ब्रुस स्प्रिङस्टिन पक्राउ परेका छन्। मादक पदार्थ सेवन गरी सवारी चलाएको अभियोगमा उनलाई प्रहरीले नियन्त्रणमा लिएको हो।

बुधबार न्यू–जर्सीस्थित साण्डे हुकको मनोरन्जन स्थल नजिकबाट प्रहरीले उनलाई नियन्त्रणमा लिइएको हो। मापसेपछि यात्रामा निस्किएका उनी प्रेमिकासँग सामान्य दुर्घटनामा परेका थिए। दुर्घटनामा गायक स्प्रिङस्टिन र प्रेमिकालाई सामान्य चोट लागेको बताइएको छ।

मादक पदार्थ सेवन गरेर गाडी चलाउनु अमेरिकामा जघन्य अपराध मानिन्छ। यसकारण पनि गायक स्प्रिङस्टिन जेल जाने पक्का छ।

२३ सेप्टेम्बर १९४९ मा लङ ब्रान्च न्यू–जर्सीमा जन्मेका उनी 'बर्न इन द युएसए' (१९८०) जस्तो चर्चित गीत गाएर चर्चामा आएका थिए। पटकपटक ग्रामी अवार्ड जितिसकेका गायक स्प्रिङस्टिनका लेटर टु यू, लक्की टाउन, म्याजिक, द रिभरलगायत गीतहरु सदाबहार छन्।

प्रकाशित मिति: : 2021-02-11 07:40:00

प्रतिकृया दिनुहोस्