म्यानचेस्टर सिटी एफए कपको क्वाटरफाइनलमा 

एजेन्सी

काठमाडाै‌ं
Photo : City Extra
Photo : City Extra

म्यानचेस्टर सिटी एफए कप फुटबलको क्वाटरफाइनलमा प्रवेश गरेको छ।

बुधबार राति भएको खेलमा च्याम्पियनसिप क्लब स्वान्सी सिटीलाई ३–१ गोलले हराउँदै सिटीले क्वाटरफाइनलमा स्थान बनाएको हो।

स्वान्सीको घरेलु मैदानमा सिटीलाई जित दिलाउन केली वाल्कर, रहिम स्ट्रर्लिङ र ग्राबियल जिससले एक–एक गोल गरे।

सिटीको जितमा खेलको ३० औं मिनेटमा वालकरले, ४७ औं मिनेटमा स्ट्रर्लिङले र ५० औं मिनेटमा जिससले एक–एक गोल गरेपछि सिटीको ३–० अग्रता बन्यो।

स्वान्सीका लागि खेलको ७७ औं मिनेटमा  मोर्गन ह्वाइटकरले  एक गोल फर्काएपनि सिटी ३–१ विजयी बन्यो।

यससँगै सिटी सबै प्रतियोगीतामा गरी लगातार १५ खेलमा जित निकाल्ने टोलीको कीर्तिमान बनाएको छ।

प्रकाशित मिति: : 2021-02-11 09:52:00

प्रतिकृया दिनुहोस्