मुम्बईका रोहित सुचान्तीले नेपाली फिल्ममा खेल्ने भएका छन्।
निर्देशक दिवाकर भट्टराईले निर्देशन गर्ने नेपाली फिल्म ‘तिमीसँगै हुने मन छ’बाट उनले डेब्यू गर्ने भएका हुन्।
‘तुने प्यार क्या किया’ र ‘रिश्ता लिखंगे हम नयाँ’ लगायतका टेलिसिरियलका मुख्य अभिनेता रहेका उनी रियालिटी शो बिग बोस १२ मा पनि भाग लिएका थिए।
रोहितसँगको सम्झौताको लागि निर्देशक भट्टराई केहि समय अघि मुम्बई गएका थिए।
प्रेम कथामा आधारित यो फिल्ममा सम्पूर्ण टेक्निकल टिम बलिउडबाट ल्याइने बताइएको छ। उक्त फिल्ममा अभिनेत्री दीपिका प्रसाईं अनुबन्धित भइसकेकी छन्।