बुटवलमा एकसाथ दुई केबलकार

बुटवलमा एकै पटक दुईवटा केबलकार निर्माणको प्रक्रिया सुरु भएको छ । ती दुवै केबलकारको आधार (बेस) स्टेसन बुटवलमा छन् भने अन्तिम स्टेसन पाल्पामा रहने छ ।

लुम्बिनी केबलकार प्रालिले बुटवलको चिडियाखोलादेखि पूर्व पाल्पाको वसन्तपुरसम्म जोड्ने केबलकार निर्माण गर्दैछ भने सिद्धबाबा केबलकार प्रालिले बुटवल पश्चिम फूलबारी क्षेत्र नजिकबाट पाल्पाको नुवाकोट गढीसम्म केबलकार निर्माण गर्दैछ ।

प्रधानमन्त्री केपी शर्मा ओलीले लुम्बिनी केबलकार प्रालिले निर्माण गर्ने केबलकारको शनिबार शिलान्यास गर्नुहुने कार्यक्रम रहेको जनाइएको छ । सिद्धबाबा केबलकार प्रालिले भने गत सातादेखि नै निर्माणको काम सुरु गरिसकेको छ ।

सिद्धबाबा केबलकार प्रालिका अध्यक्ष राजेन्द्रसिंह गुरुङले सबै प्रक्रिया पूरा गरी निर्माणको काम सुरु भइसकेको जानकारी दिनुभयो । बुटवलको मणिमुकुन्द सेन उद्यान फूलबारीमा बेस स्टेसन र पाल्पाको नुवाकोटगढीमा अन्तिम स्टेसन रहने जानकारी उहाँले दिनुभयो ।

प्रकाशित मिति: : 2021-02-12 07:02:00

प्रतिकृया दिनुहोस्