प्रश्न गर्ने जनता रहेनन् भने प्रजातन्त्र पनि रहँदैन

नेपाल लाइभ

काठमाडाैं

अहिले संविधानको व्याख्याको एउटा पाटो मात्र सुन्न पाइएको छ। तरपनि मलाई यस कारण खुशी लागेको छ कि हामी सबैलाई नेपालको प्रजातन्त्र, नेपालको संविधान र संविधानवादप्रति माया र प्रतिबद्धता छ। यो कुनै पनि रूपमा स्खलित नहोस् भन्ने सबैको चासो अहिले देखिएको छ। यही सरोकारका कारण सबैले खुलेर बोलिरहेका पनि छन्।

वाक् स्वतन्तत्राको कुरा गर्दा अवहेलनाको कुरा सधै जोडिएर आउने गरेको छ। वाक् स्वतन्त्रताको सीमाको कुरा गर्दा अवहेलना कुरा आउँथे तर योसँगै मात्र जोडिएको हुँदैन। संविधानवाद र वाक् स्वतन्त्रताको चुनौतीका विषयमा अब छलफल हुने झन् घनीभूत रूपमा हुनेछ।

वाक् स्वतन्त्रता हननका कुरा गर्दा अहिले मात्र यस्ता प्रयास भएका होइनन्। विगतमा पनि संसद्‍बाट निर्माण भएका कानुन वाक् स्वतन्त्रताविरुद्धका छन्। इन्टरनेट नियमनका गर्न भनी ऐन बन्न थालेका छन्। यस्ता ऐन/कानुन पनि सरोकारका विषय हुन्। यी सबैको निष्कर्ष हो- हाम्रो वाक् स्वतन्त्रता अब हिजोजस्तो त्यस्तो सुरक्षित रहेन। संविधानको सिद्धान्तमा कन्जुस्याइँ छैन तर यसलाई 'लिमिटिङ' गर्ने 'फ्याक्टर' उदाइरहेका छन्। 

प्रकाशित मिति: : 2021-02-12 17:16:00

प्रतिकृया दिनुहोस्