जापान छाडेर गाउँघरमै छलाङ मार्दै सुनील

प्रकाश आचार्य

सुनीलकुमार पाण्डे रूपन्देहीका युवा उद्यमी हुन् । उनी रूपन्देहीको सफल उद्यमीमध्ये पर्छन् । आर्थिक रूपमा बलियो परिवारमा जन्मिएका उनी पछिल्लो समय आएर कृषि उद्यम रोजेर सफल भएका छन् ।

नेपालमै केही उद्यम गरेको भए पनि सुनीललाई कुनै समस्या थिएन । रूपन्देहीमा औद्योगिक र कृषिमा राम्रो सम्भावना भएको नगरी तिलोत्तमामा उनको आफ्नै घर थियो । काठमाडौंमा पनि उनको घर छ । 

राजधानी काठमाडौंमा गार्मेन्ट उद्योग सञ्चालन गरिरहेका रूपन्देहीको तिलोत्तमा नगरपालिका–१ आरती चौकका पाण्डेलाई वैदेशिक मोहले लोभ्यायो । उनी जापान गए ।

उनका दाजु पनि रोजगारीको सिलसिलामा जापानमै थिए । दाजुसँगै काम गर्ने गरी जापान पुगेका पाण्डेले १ उद्योगमा काम गर्दथे । 

वर्किङ भिसामा जापान गएका पाण्डेले जापानमा मासिक साढे २ लाख रुपैयाँ तलब बुझ्थे । जापानमा करीब १ वर्षसम्म बसेका उनलाई जापानको वातावरण र समुदाय मन परेन ।

जापानमा रहँदा उनले केही स्थानीय पशुपालन फर्ममा गएर अध्ययन गरे । फुर्सदको समयमा बाख्रा, गाई फार्म लगायतका फर्ममा उनी पुग्थे र त्यसको अध्ययन गर्दथे । जापान गएको १ वर्षमा नै उनले आफ्नो मन बदले । सोच बनाए – आफ्नै देश र गाउँमा गएर व्यावसायिक रूपमा नै बाख्रा फर्म खोल्छु । भिसा अवधि अझै २ वर्षको हुँदै उनी नेपाल फर्किए । 

प्रकाशित मिति: : 2021-02-13 15:12:00

प्रतिकृया दिनुहोस्