१२२ जना कोरोना संक्रमित थपिए, १ जनाको मृत्यु 

File Photo
File Photo

पछिल्लो २४ घण्टामा थप १२२ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ।

योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या दुई लाख ७२ हजार ८४० पुगेको छ । विगत २४ घण्टामा थप ३ हजार ५४१ जनाको पिसिआर परीक्षण गरिएकोमा १२२ जनामा कोरोना पुष्टि भएको हो। 

स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार हालसम्म दुई लाख ६९ हजार २०४ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन्।

पछिल्लो २४ घण्टामा देशभर १४४ सङ्क्रमित निको भएर घर फर्किएका छन्। हाल देशभर १ हजार ५८१ सक्रिय सङ्क्रमित रहेका छन्।

त्यसैगरी कोरोना सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा थप १ जनाको मृत्यु भएको छ । योसंगै नेपालमा हालसम्म कोरोना भाइरसको सङ्क्रमणबाट मृत्यु हुनेको सङ्ख्या दुई हजार ५५ पुगेको मन्त्रालयले जनाएको छ।    
 

प्रकाशित मिति: : 2021-02-15 17:03:00

प्रतिकृया दिनुहोस्