केही दिनभित्र आन्दोलन संयुक्त हुन्छ : प्रचण्ड

Photo - RSS
Photo - RSS

नेपाल कम्युनिष्ट पार्टी नेकपाका प्रचण्ड-नेपाल पक्षका अध्यक्ष पुष्पकमल दाहाल 'प्रचण्ड'ले केही दिनभित्र आन्दोलन संयुक्त हुने बताएका छन्।

चितवनमा मंगलबार पत्रकारहरूसँग कुराकानी गर्दै प्रचण्डले संसद पुनर्स्थापनाको आन्दोलनलाई संयुक्त बनाउन लागेको बताए।

नेपाली कांग्रेस र जसपासँग मिलेर केही समयपछि नै संयुक्त आन्दोलन हुने भन्दै प्रचण्डले शेरबहादुर देउवा, रामचन्द्र पौडेल र जनता समाजवादी पार्टीका नेताहरूसँग छलफल भएको बताए।

उनले भने, ‘आन्दोलन भइरहेकै छ तर यसलाई सकेसम्म संयुक्त गरौ भन्ने प्रयास पनि गरिराखेकै छन्। हिजो मैले शेरबहादुर जीसँग कुरा गरेँ, यसलाई संयुक्त बनाऔं भनेर। रामचन्द्र जी र अरू नेतासँग पनि कुरा गरिराखेकै छु। जसपाका नेताहरूसँग पनि कुरा भइराखेकै छ। मलाई लाग्छ अब केही दिनभित्र आन्दोलन संयुक्त हुन्छ भन्ने विश्वास छ।’ 

प्रकाशित मिति: : 2021-02-16 11:59:00

प्रतिकृया दिनुहोस्