दोस्रो टेस्टमा भारतसँग इंग्ल्याण्डको लज्जास्पद ३ सय १९ रनको हार

BCCI
BCCI

भारतले दोस्रो टेस्टमा इंग्ल्याण्डलाई ३ सय १९ रनको लज्जास्पद पराजय चखाएको छ।

चेन्नई टेस्टको चौथो दिन मंगलबार भोजनको समयभन्दा अगाडी भ्रमणकारी इंग्ल्याण्डलाई १ सय ६४ रनमा खुम्च्याएको भारतले ४ टेस्टको शृंखलालाई १–१ को बराबरीमा पनि ल्याएको छ। यसअघि पहिलो टेस्टमा भारत पराजित भएको थियो।

रनको हिसाबले इंग्ल्याण्डविरूद्ध भारतको अहिलेसम्मकै ठूलो विजय हो। यसअघि भारतले इंग्ल्याण्डलाई १९८६ मा लिड्समा २ सय ७९ रनले हराएको थियो।

डेब्यु गरेका अक्षर पटेलले ५ विकेट लिए। उनी डेब्युमा ५ विकेट लिने विश्वको छैटौं बलर बन्न पुगेका छन्। भारतले पहिलो इंनिङमा ३ सय २९ रन बनाएको थियो। प्रत्युत्तरमा इंग्ल्याण्ड १ सय ३४ रनमा खुम्चियो।

दोस्रो इनिङमा भारतले २ सय ८६ रन बनायो। ४ सय ८२ रनको लक्ष्य पाएको इंग्ल्याण्डले दोस्रो इनिङमा खासै राम्रो ब्याटिङ गर्न सकेन। तेस्रो टेस्ट अहमदाबादको मोटेरा रंगशालामा २४ फेब्रुअरीमा हुनेछ।

प्रकाशित मिति: : 2021-02-16 13:05:00

प्रतिकृया दिनुहोस्