ओली समूहको लुम्बिनीका सबै जिल्लाकाे नेतृत्व तय, रोल्पा संयोजक बुढा

नेकपा ओली समूहले लुम्बिनी प्रदेशका सबै जिल्ला संयोजक, सहसंयोजक र सचिवको टुंगो लगाएको छ।

प्रदेशका १२ वटै जिल्लामा जिम्मेवारी बाँडफाड गरेकाे नेकपा लुम्बिनी प्रदेशले जानकारी दिएकाे हाे। जस अनुसार रुपेन्दही जिल्लाको संयोजक, सहसंयोजक र सचिवमा क्रमश: शिवराज सुवेदी, तेजेन्द्र के.सी र विश्वराज बराललाई तोकिएको छ।

कपिलवस्तु जिल्ला संयोजकमा झविलाल पोख्रेल, सहसंयोजक डम्बर शर्मा र सचिवमा धर्म भुसालले जिम्मेवारी पाएका छन्।

दाङको संयोजकमा हुकुम बहादुर बस्नेत चयन भएका छन् भने सहसंयोजकमा राममणि पाण्डे र सचिवमा मनोहर बुढाथोकी रहेका छन्। बाँके जिल्ला संयोजक, सहसंयोजक र सचिवमा क्रमशः सुर्य ढकाल, किस्मत कक्षपति र प्रमोद धिताललाई जिम्मेवारी तोकिएको छ।

बर्दिया संयोजकमा लालबहादुर श्रेष्ठ, सहसंयोजकमा शालिकराम अधिकारी र सचिवमा पदम ढकाल तोकिएका छन्। त्यसैगरी प्युठान जिल्ला संयोजकमा तुल्सीराम शर्माले जिम्मेवारी पाएका छन्। 

अर्घाखाँचीका चेतनारायाण आचार्य संयोजक भएका छन् भने सचिवमा तोज बहादुर रायमाझी रहेका छन्। गुल्मीमा संयोजक, सहसंयोजक र सचिवमा क्रमशः मधुकृष्ण पन्त,बालसिङ काउछा र धर्म बहादुर विकलाई तोकिएको छ।

पाल्पाको संयोजकमा नारायणप्रसाद आचार्य र सचिवमा ओम बहादुर घर्तीलाई तोकिएको छ। परासी संयोजकमा दिपेन्द्र अधिकारी र सहसंयोजकमा डोलराज भण्डारी रहेका छन्।

रोल्पा जिल्ला संयोजकमा बालाराम बुढा चयन भएका छन् भने सचिवमा निमप्रसाद रोका रहेकाे नेकपा लुम्बिनी प्रदेश कार्यालयले जनाएकाे छ। पूर्वीरुकुम कार्यवाहक जिल्ला संयोजककाे जिम्मेवारी सतमान पुनले पाएका छन्।

प्रकाशित मिति: : 2021-02-16 20:06:00

प्रतिकृया दिनुहोस्

    भौगोलिक रुपले रोल्पा निर्वाचनक्षेत्र १ (क) किन पार्टीको नजरमा परेन

    • 3 बर्ष अगाडि
    • खिम चन्द्र पुन मगर