फाप डु प्लेसिसद्वारा टेस्ट क्रिकेटबाट सन्यास घोषणा

GETTY IMAGES
GETTY IMAGES

क्रिकेटर फाप डु प्लेसिसले टेस्ट क्रिकेटबाट सन्यास घोषणा गरेका छन्। ३६ वर्षीय ब्याट्सम्यान दक्षिण अफ्रीकाका प्लेसिसले बुधबार सामाजिक संजाल इन्स्टाग्रामबाट सन्यासको घोषणा गरेका हुन्।

उनले भनेका छन्,‘ यो नै सहि समय हो, नयाँ अध्याय सुरु गर्ने।’ हालै दक्षिण अफ्रिका र अष्ट्रेलियाबीच टेष्ट क्रिकेट सिरिज तय गरिएको थियो। तर काेराेना महामारीका कारण उक्त सिरिज स्थगित भएको छ। 

उनले अष्ट्रेलियाविरुद्धको सिरिज खेल्न चाहेका थिए। तर यसैबीच उनले सन्यासको घोषणा गरेका छन्। पूर्व कप्तान समेत रहेका डु प्लेसिसले सन् २०१२ मा अष्ट्रेलियाविरुद्ध खेल्दै टेस्टमा डेब्यु गरेका थिए।

उनले हालसम्म दक्षिण अफ्रीकाका लागि ६९ टेस्ट खेलेका छन्। जसमा ४ हजार १६३ रन जोड्दा १० शतक र २१ अर्धशतक सामेल छन्।

उनको कप्तानीमा दक्षिण अफ्रिकाले ३६ टेष्ट खेलेकोमा १८ मा जित १६ मा हाल व्यहोरेको थियो। तीन खेलमा बराबरी खेलेको थियो।

यस्तै उनले दक्षिण अफ्रिकाका लागि हालसम्म १४३ एकदिवसीय खेलमा ५ हजार ५ सय ७ रन बनाएका छन्। जसमा उनले १२ शतक र ३५ शतक बनाएका छन्।

यसैगरी टि–२० मा एक शतक र १० अर्धशतकको मद्दतमा १ हजार ५ सय २८ रन बनाएका छन्।

प्रकाशित मिति: : 2021-02-17 14:13:00

प्रतिकृया दिनुहोस्