आइतबार, २० जुलाई २०२५

नागरिकहरूलाई आन्दोलनरत दलहरूले दिनुपर्ने तीन प्रतिबद्धता

बिएल संवाददाता

बिएल संवाददाता

काठमाडौं
2021-02-18 05:59:00
News Image
• • •

प्रधानमन्त्री र राष्ट्रपतिले षड्यन्त्रपूर्वक गरेको संसदको विघटन असंवैधानिक कदम मात्र हैन, विश्वव्याधीले ल्याएको अपूर्व विपत्‌को सामना गरिरहेका बेला सारा नागरिक र सिङ्गो देशलाई केही व्यक्तिका साना स्वार्थका लागि अपरिमेय हानि गर्ने गम्भीर अपराध पनि हो ।

अघिल्ला पटक संविधानका मर्मलाई कुल्चेर गरिएका खराब नियतका कामका लाभग्राही आफूले हुन पाउँदाखेरि मतियार नै रहेका विभिन्न काँटका राजनीतिकर्मी यसपालि भने प्रधानमन्त्रीको कदमले राजनैतिक लाभहानिको हिसाबमा आफू पछाडि पर्ने देखेपछि विरोधमा सडकमा उत्रिएका देखिन्छन् ।

• • •
यो समाचार पढेपछि तपाईलाई कस्तो लाग्यो?