फेरि ट्रोलको शिकार बनिन् कंगना

एजेन्सी

मुम्बई

बलिउड अभिनेत्री कंगना रनाैत फेरि ट्रोल र मिमको शिकार बनेकी छन्। उनले आफूलाई अमेरिकी अभिनेता टम क्रुजसँग तुलना गरेको र उनीभन्दा राम्रो भएको बताएपछि ट्रोल बन्न थालेकी हुन्।  

कंगनाले केआरके बक्सको ट्विटमा जवाफ फर्काउँदै आफूले आफैंलाई कहिल्यै टम क्रुजसँग तुलना नगरेको बताएकी छन्।

दुई जनाबीच स्टन्ट निर्देशक निक पावेलले तुलना गरेको र उनले कंगनालाई अरूभन्दा भिन्न रहेको बताएका थिए भन्ने कंगनाको भनाइ छ। स्टन्ट निर्देशक निकले कंगना र ट्रम दुवैसँग सहकार्य गरेका छन्।

प्रकाशित मिति: : 2021-02-18 08:13:00

प्रतिकृया दिनुहोस्