थप ९६ जनामा कोरोना संक्रमण, ३ जनाको मृत्यु 

कोरोना भाइरसको सङ्क्रमण आज ९६जनामा देखिएको छ।

पछिल्लो २४ घण्टामा तीन हजार ५४१ को पिसिआर परीक्षण गराउँदा ४२ महिला र ५४ पुरुषमा सङ्क्रमण देखिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जारी गरेको बुलेटिनमा उल्लेख गरिएको छ।

योसंगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या दुुई लाख ७३ हजार १६६ पुगेको छ।

यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट १११ जना निको भएर घर फर्केका छन्। अहिलेसम्म दुई लाख ६९ हजार ५०५ जना निको भई घर फर्किसकेका छन् ।

यस्तै विगत २४ घण्टामा ३ जनाको सङ्क्रमणबाट निधन भएको मन्त्रालयले जनाएको छ। योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या २ हजार ५८ जना पुगेको छ । 

प्रकाशित मिति: : 2021-02-18 15:56:00

प्रतिकृया दिनुहोस्