बैंकिङ समूहमा चमक, नेप्सेसूचक २५.२३ अंकले वृद्धि

File Photo
File Photo

सेयर बजारमा बैंकिङ समूहमा चमक आएपछि नेप्से २६०० विन्दुमाथि अडिएको सकेको छ। साताको अन्तम दिन बिहीवार नेप्से सूचक २५.२३ अंकले बढेर २६३६.६८ विन्दुमा पुगेको छ। सेन्सेटिभ इन्डेक्स पनि ६।७७ प्रतिशतले बढेर ४१८.७८ विन्दुमा पुगेको छ।

बिहीबार कारोबार रकम पनि झण्डै ९ अर्ब नजिक पुगेको छ। बिहीबार २०६ वटा कम्पनीको १ करोड ९६ लाख कित्ता शेयर ८ अर्ब ७६ करोड २१ लाख रुपैयाँमा खरिद बिक्री भएको छ।

नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्यमा सकारात्मक सर्किट लागेको छ। यो गत साता मात्र कारोबार सुरु भएको कम्पनी हो।

अन्य उपसमूहको सूचक सबैभन्दा धेरै २।६ प्रतिशतले बढेको छ भने विकास बैंक उपसमूहको सूचक पनि २.४५ प्रतिशत र बैंकिङ्ग उपसमूहको सूचक १.२२ प्रतिशतले बढेको छ।

कारोबारमा आएका कम्पनीहरुमध्ये ८ वटा कम्पनीको शेयर सर्किट लेभलमा कारोबार भएको छ।

नेपाल हाइड्रोको शेयरमूल्य सबैभन्दा धेरै १० प्रतिशतले बढेको छ भने कर्णाली डेभलपमेन्ट बेंकको ९.९४ प्रतिशत, बेस्ट फाइनान्सको ९.८८ प्रतिशत, सिभिल बैंकको ९.८७ प्रतिशत र नेपाल इन्फ्रास्टक्चर बैंकको शेयरमूल्य ९.८६ प्रतिशतले बढेको छ।

मिर्मिरे माइक्रोफाइनान्सको शेयरमूल्य सबैभन्दा धेरै ४.९१ प्रतिशतले घटेको छ भने हिमालयन उर्जा विकास कम्पनीको ३.७० प्रतिशत, सपोर्ट माइक्रोफाइनान्सको ३.६७ प्रतिशत, समुदायिक लघुवित्तको २.९८ प्रतिशत र अजोड इन्स्योरेन्सको २.९० प्रतिशतले घटेको छ।

उच्च कारोबार हुनेमा अधिकाँश वाणिज्य बैंक रहेका छन्। उच्च कारोबार हुने शीर्ष १० कम्पनीमा सात वटा वाणिज्य बैंक रहेका छन्। यस दिन एनआईसी एशिया बैंकको सबैभन्दा धरै ५६ करोड १ लाख रुपैयाँ बराबरको शेयर कारोबार भएको छ।

नेपाल इन्फ्रास्टक्चर बैंकको ५० करोड ८२ लाख, सिभिल बैंकको २८ करोड ३८ लाख र ग्लोबल आइएमई बैंकको २६ करोड ९६ लाख रुपैयाँको शेयर कारोबार भएको छ।

प्रकाशित मिति: : 2021-02-18 16:06:00

प्रतिकृया दिनुहोस्