बुवाकै अगाडि स्वीकारे बलात्कार : आरोपितको बयानकै आधारमा घडी भेटियो

बैतडीको दोगदाकेदार गाउँपालिका वडा नम्बर ७ चडेपानीकी १७ वर्षीया भागरथी भट्टको हत्यामा संलग्न भनेर सार्वजनिक गरिएका दिनेश भट्टले बुवाकै सामुन्ने हत्या र बलात्कार गरेको स्वीकार गरेका छन् । 

सरकारी वलिकको कार्यालय बैतडीमा बुवा दिपक भट्टकै अगाडि आरोपितले भागरथीको बलात्कार गरेर हत्या गरेको स्वीकार गरेको प्रहरी उच्च स्रोतले बतायो । दिनेश १६ वर्षका छन् । मुलुकी फौजदारी कार्यविधि संहिता २०७४ को व्यवस्था अनुसार संरक्षकको रोहवरमा लिइएको बयानमा उनले बलात्कारपछि हत्या गरेको स्वीकार गरेको प्रहरीको दाबी छ । 

प्रकाशित मिति: : 2021-02-19 06:03:00

प्रतिकृया दिनुहोस्