‘टाउको फुट्यो तर राजा त्रिभुवनको फोटो र चिठी दिएरै छाडें’

नेपाल लाइभ

काठमाडाै‌ं

२००४ साल वैशाख १७ गते पहिलोपल्ट राणा शासनविरुद्ध काठमाडौंमा जुलुस निकाल्ने तय भयो। तीन दिन अघिदेखि नै जुलुसको तयारी गोप्य रुपमा भइरहेको थियो। जुलुसको तयारीका लागि छानियो दिवाकर भाजुको घर। राणाका सुराकीको डर थियो। त्यसैले सूचना नचुहियोस् भनेरै भाजुको घरका साना कोठाभित्र सबै झ्यालमा पर्दा लगाइयो। अनि प्ले कार्ड बोकेर ओहोरदोहोर गर्दै जुलुसको पूर्वतयारी थालनी भयो।

त्यही पूर्वतयारीमा सहभागी थिइन् शान्ता श्रेष्ठ। त्यतिबेला उनी १४ वर्षकी थिइन्। 

काठमाडौंको त्यो पहिलो जुलुस 

अहिले ८८ वसन्त टेकेकी श्रेष्ठसँग त्यो कलिलो उमेरमा राणा शासनविरुद्ध मुठ्ठी  उज्याएका सम्झना छन्। पूर्वतयारीमा सामेल भएकी श्रेष्ठले झन्डै जुलुसमा जानै छुटाएकी थिइन्। त्यसो हुँदो हो त उनीसँग आज गर्व गर्ने जीवनको एउटा महत्वपूर्ण पाटो नै हुने थिएन। ‘वैशाख १७ गते बिहान ११ बजे जुलुसमा आइपुग्नु भनिएको थियो। मैले त भुसुक्कै बिर्सिएछु । हाम्रै टोलबाट जुलुस आएपछि हत्त न पत्त त्यसमा मिसिन गएँ,’ शान्ताले त्यो दिन सम्झिइन्।

प्रकाशित मिति: : 2021-02-19 07:35:00

प्रतिकृया दिनुहोस्