प्रजातन्त्र दिवसमा जग्गाधनी पुर्जा वितरण

सांकेतिक तस्बिर

यहाँ ७१औं राष्ट्रिय प्रजातन्त्र दिवसका अवसरमा जग्गाधनी पुर्जा वितरण गरिएको छ। 

नापि भएका र गाउँ ब्लकमा दर्ता भएका जग्गाको सम्बन्धित जग्गा धनीलाई नापी कार्यालयले जग्गाधनी पुर्जा वितरण गरेको हो।

कार्यालयमा आयोजित एक कार्यक्रममार्फत सुनकोशी गाउँपालिका–७ का ७६ वर्षीया शान्ता मायादेवी तामाङलाई  मालपोत कार्यालयका प्रमुख निलराज पौडेलले जग्गाधनी पुर्जा हस्तान्तरण गरिकी थिइन्। 

वर्षौदेखि भोगचलन गर्दै आएका तर जग्गा धनी प्रमाण पुर्जा नहुँदा समस्यामा परेका जग्गाधनीलाई पुर्जा वितरण गरिएको हो। कार्यालयले प्रजातन्त्र दिवसका अवसरमा सुनकोशी–७ मझुवा, तीनपाटन गाउँपालिका–८ बाहुनतिल्पुङ, मरिण गाउँपालिका–४ र घ्याङलेख गाउँपालिका–२ बस्तिपुरमा रहेका गाउँ ब्लकमा रहेका जग्गधनीलाई पुर्जा वितरण गरिएको हो।

कार्यालयका सूचना अधिकारी विष्णुप्रसाद बडालले सुनकोशी–५ का २३, तीनपाटन–८ का चार, मरिण–४ का आठ र घ्याङलेख–२ का आठलाई जग्गाधनी पुर्जा वितरण गरिएको उनले जानकारी दिए। 

कार्यालयले सबै विवरण मालपोत कार्यालयमा पठाउने र अबका ६० दिनपछि सम्बन्धित जग्गाधनीले कानुनीरुपमा किनबेच गर्न तथा धितो राखेर ऋण निकाल्न सक्ने उनको भनाइ छ। 

पुर्जा पाएपछि खुसि हुँदै शान्ता मायादेवी तामाङले धेरै संघर्षले पुर्जा पाएको बताइन्। जग्गाको पुर्जा दिएकामा उहाँले सम्बन्धित सबैलाई धन्यवाद दिँदै अब जग्गाको बिक्री गर्ने कानूनी बाटो खुलेको बताइन्। रासस 

प्रकाशित मिति: : 2021-02-19 21:44:00

प्रतिकृया दिनुहोस्