नागरिकता पाउन पाँच वर्ष संघर्ष

इटहरी–४ का २१ वर्षीय कुशल खड्काले पाँच वर्षको संघर्षपछि यो साता वंशजको नागरिकता पाएका छन्।

कुशलको नागरिकता बन्दा उनकी मावली हजुरआमा ८० वर्षीया दुर्गामाया कार्कीमा खुसीको सीमा छैन। भनिन्, ‘भगवान्ले मेरो प्रार्थना सुनिदिए।’

दुर्गामाया छोरीले कमाइदिएको घर नातिका नाममा नामसारी हुनेमा ढुक्क छिन्। अनि, नातिले काम पाएर कमाइ गर्ने भनेर उत्तिकै खुसी छिन्। त्यसपछि उनको चासो रहेछ, ‘काम पाएपछि बिहे गर्छ, उसको परिवार पनि बस्छ नि !’

प्रकाशित मिति: : 2021-02-21 07:52:00

प्रतिकृया दिनुहोस्