शाहरुखको ‘पठान’ फिल्म यस वर्ष पनि रिलिज नहुने

File Photo
File Photo

दुई वर्षपछि पुनः फिल्ममा फर्किन लागेका शाहरुख खानका प्रसंसकका लागि दुःखको कुरा, उनको यस वर्ष पनि कुनै फिल्म रिलिज हुने छैन। 

उनको ‘कमब्याक’ फिल्म ‘पठान’ यो वर्ष नभएर अर्को वर्ष रिलिज हुनेछ। पहिले चर्चामा थियो, यशराज फिल्म्सको ब्यानरमा निर्माण हुन लागेको यो फिल्म यही वर्ष रिलिज हुनेछ। 

शाहरुख पछिल्लो पल्ट २०१८ मा ‘जिरो’ फिल्ममा देखिएका थिए। त्यसयता उनको फिल्म रिलिज भएको छैन।

प्रकाशित मिति: : 2021-02-22 15:23:00

प्रतिकृया दिनुहोस्