डा भट्टराईले गरे डाक्टरसँग परामर्श, भोलि अस्पताल भर्ना हुने

बिएल संवाददाता

नयाँदिल्ली 

पूर्व प्रधानमन्त्री एवम् जनता समाजवादी पार्टीका राष्टिय परिषद् अध्यक्ष डा बाबुराम भट्टराईले भारतको राजधानी नयाँ दिल्लीस्थित 'इन्स्टिच्युट अफ लिभर एण्ड बिलिअरी साइन्सेस' मंगलबार भर्ना हुने भएका छन् ।

उनले सोमबार उक्त अस्पताल गएर चिकित्सकसँग परामर्श लिएका हुन्।

भट्टराईका प्रेस सल्लाहकार विश्वदीप पाण्डेले नयाँदिल्लीबाट दिएको जानकारी अनुसार, भट्टराई मंगलबार अस्पताल भर्ना भएपछि उनको थप स्वास्थ्य परीक्षण हुने छ।

प्रकाशित मिति: : 2021-02-22 16:39:00

प्रतिकृया दिनुहोस्