निर्देशक सौरभ चौधरीको बन्न लागेको फिल्म ‘प्रसाद २’ मा अभिनेता तथा निर्देशक निश्चल बस्नेतले साइन गरेका छन्।
सोमवार निर्माता सुभाष थापा र निश्चलबीच छलफलपछि कागजी सम्झौता भएको हो।
निश्चलले फिल्म साइन गरेसँगै अब निर्माण टिम छायांकनमा निस्कने तयारीमा जुटेको छ।
फिल्ममा यसअघि नै अभिनेता विपिन कार्की र अभिनेत्री नम्रता श्रेष्ठ अनुबन्ध भइसकेका छन्।
दुई वर्ष अगाडि प्रदर्शन भएको दिनेश राउत निर्देशित सफल फिल्म ‘प्रसाद’ मा पनि विपिन, नम्रता र निश्चलको मुख्य भूमिका रहेको थियो। चैत पहिलो साताबाट छायांकन सुरु हुने फिल्मको कथा शुशील पौडेलले लेखेका हुन्।