चित्त बुझाउदै पोखरेलले मध्यरातमा लेखे कविता: उठ्न सिकेका मानिसहरू...

बिएल संवाददाता

काठमाडाै‌ं

मंगलबार सर्वोच्च अदालतले संसद पुनःस्थापनाको फैसला गरेसँगै नेपाली राजनितीले फरक मोड लिने आकंलन् गरिएको छ।

प्रधानन्यायाधीस चोलेन्द्र समशेर जबारा सहित न्यायाधीसहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल, तेज बहादुर केसीको संयुक्त ईजालसले विघटित् प्रतिनिधिसभा पुनःस्थापना गर्ने फैसला गरेको छ।

सर्वोच्चको यस्तो निर्णयले प्रधानमन्त्री केपी शर्मा ओली समुहका नेताहरुमा नैराश्यता छाएको छ। विभिन्न नेताहरुले सामाजिक सञ्जालमार्फत आफ्ना कुराहरु पोखेका छन्। 

ओलीसमुहका नेता तथा उपप्रधानमन्त्री ईश्वर पोखरेलले मंगलबार मध्यरातमा आफ्नो फेसबुकमा 'यात्रा' शीर्षकको कविता राख्दै आफ्ना भावनाहरु पोखेका छन्। उनले कवितामार्फत आफुहरु लडेर घाईते हुदापनि उठ्न सक्ने क्षमता भएको मानिस रहेको उल्लेख गरेका छन्। 

पोखरेलको कविता- 

          'यात्रा'

लड्दै उठ्दै / लड्दै उठ्दै

हिंड्न सिकेका मानिसहरू ।

अनगिन्ती कमजोरीबाट

पाठ सिक्दै उठ्न सिकेका मानिसहरू ।

अनुभवका पाठशालामा

पढ्दै/ सिक्दै पोख्त बनेका मानिसहरू ।

अनेक लडाईंमा रगतपच्छे भएर पनि

बाँच्न सिकेका मानिसहरू ।

दुष्चक्र विरूद्धको लडाईंमा पनि

जित्छन् र जितिछाड्छन् मानिसहरू ।

कमजोरीमा किचिएर होइन -

कमजोरीलाई पराजित गर्दै

गन्तव्य लक्षित बनेर हिंडिरहन्छन् मानिसहरू -

चिरन्जिवी बनिछाड्छन् मानिसहरू !!

No description available.

प्रकाशित मिति: : 2021-02-24 08:52:00

प्रतिकृया दिनुहोस्