किन नेपाल बौद्ध केन्द्र बन्न सकेन?

हिमाल खबर

काठमाडाै‌ं

गौतम बुद्धको जन्मस्थल लुम्बिनी र यस क्षेत्रमा प्रधान कार्यालय रहेको लुम्बिनी बौद्ध विश्वविद्यालयको सन्दर्भमा मन्तव्य दिने अधिकारीहरूले प्रायः भन्छन्, यसलाई बौद्ध केन्द्रका रूपमा विकास गरिने छ। लुम्बिनी एउटा महत्त्वपूूर्ण तीर्थस्थल भएकाले स्वतः बौद्ध केन्द्र हो। विश्वविद्यालयको सन्दर्भमा भने ‘बौद्ध अध्ययन केन्द्र’ भनेर बुुझ्नुपर्ने हुन्छ। तर, बौद्ध अध्ययन केन्द्रबारे मन्तव्य एकातिर र गन्तव्य अर्कैतिर सोझिइरहेको छ।  

बौद्ध केन्द्रका रूपमा तीर्थस्थललाई मात्र लिनुु अत्यन्तै संकुचित बुुझाइ हो। स्वयं गौतम बुद्धकै समयमा पनि भिक्षुुहरू रहने विहार शैक्षिक केन्द्रका रूपमा थियो। यिनै विहार पछि विश्वप्रसिद्ध नालन्दा विश्वविद्यालय तथा अन्य शैक्षिक केन्द्रका रूपमा विकास भए। 

यी केन्द्रहरू बुद्धको जीवनीसँग सम्बन्धित ठाउँमा मात्रै सीमित छैनन्। जस्तो, श्रीलंका, थाइल्यान्ड, म्यानमार, तिब्बत आदि पनि बौद्ध केन्द्र भएका छन्। लामो समयदेखि बौद्ध धर्मको बिरासत बोक्दै आएका यी देशबाहेक पश्चिमी समाजका कतिपय क्षेत्र बौद्ध केन्द्रका रूपमा उदाउँदै छन्। 

त्यसैले बौद्ध केन्द्रको तात्पर्य बौद्ध अध्ययन एवं अभ्यासको स्थल हो। बौद्ध शिक्षाका लागि पूर्वयोजना नै बनाएर शैक्षिक केन्द्र स्थापना गरेको पनि पाइन्छ। नेपालकै कतिपय क्षेत्र कुनै वेला बौद्ध केन्द्रका रूपमा जल्दोबल्दो थिए। बुद्धको जीवनकालमा नै काठमाडौं उपत्यकामा बौद्ध धर्मको प्रवेश भइसकेको थियो। कालान्तरमा काठमाडौँ पनि बौद्ध केन्द्र हुन गयो।
 

प्रकाशित मिति: : 2021-02-24 13:06:00

प्रतिकृया दिनुहोस्