देउवासँग मिलेर जान प्रचण्ड र माधवको आग्रह 

नेकपा प्रचण्ड समूहका अध्यक्षद्वय पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपालले कांग्रेस सभापति शेरबहादुर देउवालाई सँगै मिलेर जान आग्रह गरेका छन्।

बुधबार दिउँसो  देउवालाई भेट्न बूढानीलकण्ठ पुगेका प्रचण्ड र नेपालले सहकार्यको प्रस्ताव गरेको बताइएको छ।

प्रचण्ड र नेपालले गरेको प्रस्तावप्रति देउवा सकारात्मक बनेका स्रोतले बताएको छ। 

प्रचण्ड र नेपालले सँगै मिलेर अघि बढ्न गरेको आग्रहको जवाफमा देउवाले यस विषयमा पार्टीमा छलफल गरेर जवाफ दिने बताएका थिए।

भेटमा पछिल्लो राजनीतिक घट्नाक्रमको बारेमा छलफल भएको थियो ।

बुढानिलकण्ठमा देउवा, प्रचण्ड र नेपालबीच छलफल

 

 


 

प्रकाशित मिति: : 2021-02-24 15:12:00

प्रतिकृया दिनुहोस्