यो सरकार रहिरहन्छ, समृद्धिको काम चलिरहन्छ: प्रधानमन्त्री केपी ओली 

प्रधानमन्त्री केपी शर्मा ओलीले सर्वोच्च अदालतले प्रतिनिधिसभा पुनर्स्थापना गरे पनि आफ्नो सरकार निरन्तर चलिरहने दाबी गरेका छन् ।

राजधानीको पाँचतारे होटेल याक एण्ड यतीमा बुधबार आयोजित 'माटोको डिजिटल नक्सा उदघाटन कार्यक्रममा बोल्दै प्रधामन्त्री ओलीले भने, ‘जस्ता राजनीतिक घटना भए पनि यो सरकार निरन्तर छ, समृद्धिको काम निरन्तर अगाडि बढ्छ।’ 

प्रधानमन्त्री ओली सर्वोच्च अदालतले मंगलबार प्रतिनिधिसभा पुनर्थाथापना गरेपछि पहिलोपल्ट सार्वजनिक कार्यक्रममा बोल्दै थिए। उनले विभिन्न तत्वले सरकारको काम गर्ने वातावारण बिथोल्न खोजे पनि सरकारले आफ्नो कर्तव्य नबिर्सिएको पनि बताए। 

प्रधानमन्त्री ओलीले नेकपाकै अर्को समूहका अध्यक्ष प्रचण्ड र माधवकुमार नेपालले एकअर्कालाई लड्डु खुवाएर विजय मनाएकोबारे पनि टिप्पणी गरे । उनले भने, ‘सर्वोच्चले गरेको संसद् पुनःस्थापनाको निर्णयलाई जीत मानेर मेरा भाईहरुले लड्डु किन खाएका हुन्, मैले बुझेको छैन्।’ प्रचण्ड–नेपालले चितवनमा एकअर्कालाई लड्डु खुवाएर विजयोत्सव मनाएको तस्विर प्रचण्डकी स्वकीय सचिव समेत रहेकी कान्छी छोरी गंगा दाहालले सार्वजनिक गरेकी थिइन् ।

आफ्नोबारेमा कसैले चिन्ता गर्नु नपर्ने बताउँदै प्रधानमन्त्री ओली भने, ‘स्वार्थमा लपेटिएका मान्छेलाई यस्ता साना कुराले फरक पर्दो रहेछ  तर म हिजो जस्तो थिएँ, आज पनि उस्तै छु। हामी समृद्ध देश नबनाई छाड्दैनौँ।’

प्रकाशित मिति: : 2021-02-24 18:49:00

प्रतिकृया दिनुहोस्