सिनेमा अडियो सोसाइटीले आयोजना गर्ने ५७ औं 'सिएएस' अवार्डमा नेपाली चलचित्र सेल्फी किङ मनोनयन भएको छ।
चलचित्र 'सेल्फी किङ' 'बेस्ट साउन्ड मिक्सिङु' विधामा मनोनयन भएको हो। चलचित्र 'सेल्फी किङ' लाई विशाल सापकोटाले निर्देशन गरेका हुन्। जसमा उत्तम न्यौपानेको साउन्ड डिजाइन छ।
अवार्ड कार्यक्रम २०२१ को अप्रिल १७ मा क्यालिफोर्नियाको लस एन्जलसमा हुनेछ। विश्वका ठूला फिल्महरुसँग आफुले साउन्ड मिक्सिङ गरेको फिल्म प्रतिस्पर्धामा उत्रिँदा खुसी लागेको उत्तम न्यौपानले बताएका छन्।