संसद् पुनर्स्थापनासँगै राप्रपाको एकता महाधिवेशन सुनिश्चित

File Photo
File Photo

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले महाधिवेशन मिति सुनिश्चित भएको जनाएको छ।

राप्रपाका एक अध्यक्ष कमल थापाले पूर्वनिर्धारित कार्यक्रमअनुसारै राप्रपाको महाधिवेशन २०७८ वैशाख २५–२८ गते काठमाडौंमा हुने बताएका हुन्।

‘प्रतिनिधिसभा विघटनसम्बन्धी विवाद अन्त्य भएपछि अब राप्रपाको महाधिवेशन सुनिश्चित भएको छ ,’ उनले भनेका छन्।

एकता महाधिवेशनका निम्ति युद्धस्तरमा तयारी गर्न पार्टीका सबै तहका निकाय र नेतारकार्यकर्तालाई अध्यक्ष थापाले आह्वान गरेका छन्।

राष्ट्रिय प्रजातन्त्र पार्टी र राष्ट्रिय प्रजातन्त्र पार्टी (संयुक्त) बीच एक वर्षअघि फागुनमै एकता भएको हो। पटकपटक एक हुँदै फुट्दै गरेका कमल थापा, पशुपतिशम्शेर जबरा, डा। प्रकाशचन्द्र लोहनीबीच एकता भएको हो।

पार्टीको निर्णय तथा जिम्मेवारी बाँडफाँड सहमतिमा तथा बैठकको अध्यक्षता पनि पालैपालो गर्ने गरी अहिले एकीकृत राप्रपामा तीनै जना अध्यक्ष बनेका छन्। यसैको एकता महाधिवेशन वैशाखमा गरिने लागिएको हो।
 

प्रकाशित मिति: : 2021-02-25 09:00:00

प्रतिकृया दिनुहोस्