प्रचण्ड र वामदेवबीच बिहानै एक घण्टा छलफल

बिएल संवाददाता

काठमाडाै‌ं
फाइल तस्वीर
फाइल तस्वीर

नेकपा एकता अभियानमा लागेका नेता वामदेव गौतमले बिहीबार बिहानै प्रचण्डसँग भेटवार्ता गरेका छन्।

स्रोतका अनुसार आज बिहान ७ बजे नै खुमलटार पुगेका गौतमले प्रचण्डसँग करिब एक घण्टा छलफल गरेका हुन्।

प्रधानमन्त्री केपी शर्मा ओलीले गत पुस ५ गते प्रतिनिधि सभा विघटन गर्ने निर्णय गरेपछि दुई समूहमा विभाजित नेकपाका कुनै समूहमा नलागी एकतामा जोड दिइरहेका नेता गौतम प्रचण्ड–माधव पक्षका अध्यक्ष प्रचण्ड भेट्न उनकै निवास पुगेका हुन्।

पार्टी एकताको विकल्प नभएकाले नेताहरुले पार्टी एकताका लागि पहल गर्नुपर्ने विषयमा छलफल भएको स्रोतले बताएको छ।

प्रकाशित मिति: : 2021-02-25 10:12:00

प्रतिकृया दिनुहोस्