काठमाडौंका चोक-चोकमा 'स्वयमसेवक' ट्राफिक [भिडियो रिपोर्ट]

कमल प्रभात

काठमाडौं

काठमाडौं उपत्यकाको 'ट्राफिक' व्यवस्थापनलाई सहज बनाउन महानगरीय ट्राफिक महाशाखाले महिनौ-पिछे नयाँनयाँ अभियान संचालन गर्दै आएको छ। तर, उपत्यकाको ट्राफिक समस्या भने उस्तै छ।

दैनिकजसो हुने सवारी दुघटना र पैदलयात्रुका कारण ट्राफिक प्रहरी हैरानीमा छ। यस्ता समस्यालाई समाधान गर्न महाशाखाले पछिल्लो समयमा काठमाडौंका मुख्यमुख्य चोकमा ट्राफिक स्वयमसेवक खटाएको छ।

महाशाखाले सामुदायिक सेवा केन्द्रको सहकार्यमा तीन सय जना ट्राफिक स्वयमसेवकलाई प्रशिक्षण दिएर काठमाडौँका विभिन्न चोक, आकाशेपुल र जेब्राक्रसिङमा परिचालन गरेको हो। पैदलयात्रीले जथाभावी बाटो काट्दा सवारी दुर्घटना बढेको ट्राफिक प्रहरीको ठम्याई छ।

पैदलयात्रुकै कारण सवारी दुर्घटनादेखि ट्राफिक जाम बढ्ने भएकोले स्वयमसेवकको परिचालन गरिएको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख एसएसपी जनक भट्टराई जनाए।

प्रहरीले स्वयमसेवकले सडकमा पैदलयात्रीलाई जेब्राक्रसिङबाट बाटो काट्न सिकाउने गरेका छन्। उनीहरुले जहाँ पायो त्यहीबाट बाटाे काट्न नदिने र आकाशेपुलको प्रयोग गर्न सिकाउने गरेको एसएसपी भट्टराईले बताए। महाशाखाले स्वयमसेवकलाई परिक्षण गरेर परिचालन गरेको हो।

काठमाडौं विभिन्न स्थानमा आवश्यकता हेरी स्वयमसेवक परिचालन गरेको प्रहरीले जनाएकाे छ। यसअघि पनि महाशाखाले स्काउटका स्वयमसेवकलाई परिचालन गरेको थियो। उक्त अभियान प्रभावकारी भएको हुँदा यसलाई निरन्तरता दिने एसएसपी भट्टराईले जनाए। 

अभियानले ट्राफिक व्यवस्थपनमा सहज हुँदै गएको छ। अभियानमा जोडिएर साथ दिनको लागि एसएसपी भट्टराईले आव्हान समेत गरेका छन्।

प्रकाशित मिति: : 2021-02-25 19:07:00

प्रतिकृया दिनुहोस्