सुनको मूल्य तोलामा ५०० ले घट्यो

फाइल तस्वीर
फाइल तस्वीर

स्थानीय बजारमा आज सुनको मूल्य तोलामा रु ५०० ले ओरालो लागेको छ।

छापावाला सुन आज तोलामा रु ८८ हजार ८००  मा कारोवार हुने गरी मूल्य निर्धारण भएको छ।  छापावाला सुन बिहीबार तोलामा रु ८९ हजार ३०० मा कारोवार भएको थियो।

यस्तै तेजाबी सुन तोलामा रु ८८ हजार ३५० मा कारोवार हुने गरी मूल्य निर्धारण भएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ । तेजाबी सुन बिहीबार तोलामा रु ८८ हजार ८५० का कारोवार भएको थियो।

यसै गरी चाँदी तोलामा रु २० ले घटेको छ । रु एक हजार ३५५ मा बिहीबार कारोवार भएको चाँदी आज भने रु एक हजार ३३५ मूल्य निर्धारण भएको छ । रासस
 

प्रकाशित मिति: : 2021-02-26 11:50:00

प्रतिकृया दिनुहोस्