भारत र पाकिस्तानले सुरु गरे जम्मु-कश्मीरमा शान्तिको पहल

Photo - AFP
Photo - AFP

भारत र पाकिस्तानले दुई देशको सीमा क्षेत्रमा युद्धविरामको पालन गर्ने सहमति गरेका छन्। सैन्य सञ्जालमार्फत् भएको वार्तामा दुवै देशका सेना–निर्देशकले नियन्त्रण रेखा र सीमा क्षेत्रका सबै स्थानमा खुला, स्पष्ट र सौहार्द्रपूर्ण वातावरण निर्माण गर्ने समीक्षासमेत भएको छ।

यी देशहरूले लामो समयदेखि एकअर्कालाई युद्धविराम तोडेको आरोप लगाइरहेका थियो। पछिल्लो सैन्य वार्तापछि भारत–पाकिस्तानबीच सिमानाको तनाव कम हुने अनुमान गरिएको कतिपय सीमाविद् बताउँछन्।

सन् २००३ मा नियन्त्रण रेखामा संघर्षविराम गर्न सम्झौता गरेका थिए। भारत–पाकिस्तानका सेनाले गोलाबारी नगर्ने सहमति गरे पनि सन् २०२० पछि पाकिस्तानले चार हजार एक सय पटक सिमानामा युद्धविराम उल्लंघन गरेको भारतीय पक्षको आरोप छ। भारतले बारम्बार पाकिस्तानमाथि आतंकवादी घुसपैठ गराएको दाबी छ।

भारत र पाकिस्तानको प्रस्तावले जम्मु इलाकाको अन्तर्राष्ट्रिय सीमामा शान्ति मिल्ने भारतीय रक्षा जानकार सुशान्त सिंहले जनाएका छन्। गोलाबारीको समयमा हुने आतंकवादी हमलाले यहाँको जनजीवन हैरानीमा परेको उनी बताउँछन्। 

भारतीय गाउँ रहेको यस स्थानमा पटकपटक आतंकवादी हमला भएको थियो। भारत–पाकिस्तान सम्बन्धमा राम्रोपना आएपछि दुबै देशको जनधनमा पनि नोक्सानी नहुने सीमाविज्ञहरूको भनाइ छ। 

साझा सहमतिपत्रमा समस्याहरू दुवै देशका महत्वपूर्ण प्रतिनिधि बसेर समाधान गर्ने बताइएको छ। युद्धविराम गर्ने सहमतिलाई जम्मु–कश्मिरका प्रमुख राजनीतिक पार्टीहरूले स्वागत गरेका छन्। 

जम्मु–कश्मिरकी पूर्वमुख्यमन्त्री महबूबा मुफ्तीले यो निर्णयलाई एक ठूलो र स्वागतयोग्य कदम भएको बताएकी छन्। उनले सीमा इलाका र जम्मु–कश्मिरमा हिंसा रोक्न दुई देशबीच संवाद नै जरुरी भएको बताइन्।

प्रकाशित मिति: : 2021-02-26 15:19:00

प्रतिकृया दिनुहोस्