सामाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम

बारा सदरमुकाम, कलैया उमनपा वडा १० स्थित श्री नेरामा विद्यालय मटिअर्वामा समाजिक कुरीतिविरुद्ध जनचेतनामूलक कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

दाइजो एवम समाजिक कुरीतिविरुद्ध जागरण मञ्च र जनजागरण समाजिक संस्थाको आयोजना तथा सामुदायिक प्रहरी सेवा केन्द्र मटिअर्वा, बाराको सहकार्यमा आयोजित कार्यक्रमको अध्यक्षता गरेका सामाजिक अभियन्ता बृजेशवरप्रसाद चौघरीले युवा तथा बालबालिकाहरुले सामाजिक कुरीतिविबरुद्ध जागरुक हुनुपर्ने आवश्यकता रहेको धारणा व्यक्त गरे।

कार्यक्रममा विभिन्न वक्ताहरुको मन्तव्य सुनिरहेका उपस्थित छात्रछात्राहरुले सामाजिक कुरीतिविरुद्धको अभियानमा ताली बजाएर तथा हात उठाएर सहमति जनाएका थिए।

कार्यक्रममा प्रधानाध्यापक रामबाबु कुशवाहा, जितेन्द्र पासवान, शिक्षिका गीतादेवी कुशवाहा, वडा सदस्य समसूल हक देवान, प्रकाश थारु, मटिअर्वा प्रहरी चौकीका सई टीकाराम बराल, शिवम मेहता, सचिन मेहता लगायत विद्यालयमा छात्रछात्राहरुको उपस्थिति रहेको थियो।

कार्यक्रममा शिक्षक सुरज पण्डितले स्वागत मन्तब्य तथा सञ्चालन कन्हैया पटेलले गरेका थिए।

प्रकाशित मिति: : 2021-02-26 16:58:00

प्रतिकृया दिनुहोस्