आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा उत्कृष्ट काम गर्नेछु : प्रेमकुमार राई

File photo

अख्तियार दुरुपयोग अनुसन्धान आयोगका प्रमुख आयुक्त प्रेमकुमार राईले आयोगको इतिहासमै भ्रष्टाचार नियन्त्रणको क्षेत्रमा प्रभावकारी र उत्कृष्ट काम गरेर जाने प्रयास गर्ने बताएका छन्। 

घट्टेकुलो समाजले शनिबार आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै उनले तथ्य र प्रमाणको आधारमा कुनैपनि भ्रष्टाचारीलाई कारवाही गर्न पछि नहट्ने बताए। 

‘मेरो कार्यकालमा भ्रष्टाचारको तथ्य र प्रमाणका आधारमा कसैलाई पनि कारवाही गर्न पछि हट्ने छैन' उनले भने, 'निर्दोष व्यक्तिलाई फसाउन खोज्नेलाई पनि कारवाहीको दायरा ल्याउनेछु।'
 
धेरै भ्रष्टाचार व्याप्त छ भन्ने आवाज उठिरहेको बताउदैं उनले भने, 'भ्रष्टाचार न्यूनीकरण र नियन्त्रणका लागि प्रभावकारी ढङ्गले काम गर्नेछु।' 

प्रकाशित मिति: : 2021-02-27 15:37:00

प्रतिकृया दिनुहोस्